प्रेम एक शब्द ।

  प्रेम एक शब्द ।

अमृत कुमार राय (भट्ट), काठमाण्डौं,

         प्रेम भनेको यस्तो शब्द हो कि सबैको मन, आखा, हृदयमा सुन्न बितिकै यहाँ केन्द्रित हुन्छ आउनुस आज हामी प्रेमको बारेमा केही कुरा गरौँ । जिवन एउँटा यात्रा हो र हामी त्यसका सहयात्री र हामीलाई त्यो यात्रामा सुख दुःख हाँसोरादेन अनि सफल विफको अनुभति दिने जिन्दगीको एउँटा अहम पाटो हो । मायाले हामीलाई आमा बुबाको ममतामा टाँसेका हुन्छ प्रेम चेलिको आशिर्वादमा गाँसको हुन्छ, बाबाको दायित्वमा डोर्र्याएको हुन्छ । यति मात्र हैन श्रीमतीको साथ र सन्तानको सुख पनि प्रेममा नै हुन्छ प्रेमले मात्र हामीलाई व्यक्तिगत आचारण दिदैन यस्ले समाजको रितिरिवाज, सास्कृती, अनि चालचलनमा पनि ढल्न सिकाउँछ । प्रेमको कुनै आशिक नियम या दायरा हुँदैन यस्ले निश्चित उमेर या समय नै तोकेका हुन्छ । प्रेम भनेको प्रेमिका सँग मात्र गर्ने हैन यो घर परिवार, देश, इष्टमित्र सबै सँग गरिने एक प्रकार शब्द हो । विश्वमा प्रत्येक वर्षको १४ तारिक मा प्रेम दिवश मनाउने गरिन्छ नेपालमा पनि यही तारिकमा मनाउने गरिन्छ ।

 


        प्रेम कतिखेर को सँग कुन अवस्थामा हुन्छ थाहै हुन्न त्यसैले त प्रेम अमूल्य छ, प्रेम अतुलनीय छ, सार्थक छ । हामी मंन्दिरमा गएर सिर झुकाउनुलाई भगवान प्रतिका आस्था या धार्मिक अनुयायी मात्र मान्दैन त्यो हाम्रो भगवान प्रतिको प्रेम पनि हो सत्य माथिको विस्वास हो आत्मसन्तुष्टि हो । प्रेम हाम्रा चारैतिर छ मात्र त्यसलाई महसुुस गर्नको लागी स्वच्छ हृदय अनि चोखो आत्मा चाहिन्छ । प्रेम कुनैपनि बेला, कुनैपनि व्यक्तिप्रति आवश्कता प्रखण्ड लिएर हाम्रो धड्कन तेज गर्न आउनसक्छ त्यतिखेर हाम्रो हृदयमा अुंकुरित प्रेमका अगाडी यो संसार त के भगवान पनि सानो लाग्छ सायद यसै कारणले होला प्रेमको दुनियाँमा सबैभन्दा अगाडी यो संसार प्रेम लेखिन्छ किनकी हाम्रा पहिलो प्रेम अझ आमा हामीले जन्मजात बोकेर आउने प्रेम आमाको ममतामयि काख हो । हामीले पहिला प्रेम नै दुनियाँको सर्वश्रेष्ठ प्रेम हो ।
प्रेम एक शब्द .

         आमाको ममताको सामु सबै शक्तिहरु कम हुन्  । कुनै पनि मानिसको पहिलो प्रेम आमा सँग हुन्छ प्रेम शब्द नै शर्वश्रेष्ठ हुन । आमाको प्रेम छोरा छोरी माथी रिस डराउने जस्ता हुन्छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देखन सक्दैनो तर अनुभव गर्न सक्छौ । त्यस्तै प्रेम पनि उक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागी फरक हुन सक्छ ।

 

        प्रेम  एक प्राकृृतिक शक्ति हो र त्यसमा हाम्रो धेरै कन्ट्रोल हुँदैन् । जस्तो मौसम, चन्द्रमा या सौर्यमण्डल । जसमा हाम्रो कन्ट्रोल हुदैन् । केही व्यक्तिका अनुसार प्रेम दुई व्यक्तिकोबीच एक असाधारण सम्बन्ध हो जुन परम्पर विश्वास, सम्मान र स्नेहसँग जोडिएको हुन्छ र जति गहिरो हुन्छ त्यति नै प्रेम गहिरो हुन्छ । प्रेम एउँटा शक्ती हो जस्ले अन्धो मान्छेलाई पनि सुनौलो संसार देखाउछ , प्रेम एउँटा खुसीको त्यो पल हो जस्ले हजारै दुख र पिडाका पलहरु भुलाउन बिवस गराउछ अर्थात प्रेम नै दुई मनमुटुको मिलन हो, जसलाई मिलाउनुपर्दछ । यसरी नै प्रेमका विभिन्न परिभाषाहरु दिईएका पाईन्छ तर जतीसुकै परिभाषाले पनि प्रेमको अर्थ पुर्ण भएको छैन किनकी प्रेम गन्तव्य बिहिन छ अर्थात कति प्रेम गर्ने भन्ने सिमा नै छैन तर तुलना गरेर जाच्न सकिन्छ, जुन भावनामा मात्र सिमित छ । 

 


     हजारै प्रेमीहरुको प्रेमको परिभाषाले पनि प्रेमको उपयुक्त परिभाषा दिलाउन सकेका छैनन्  । कुनै पनि मानिसको घरमा एक बालक जन्म लिदा उनीहरुको घरमा छुटट्ै खुशी हेर्ने र देख्न पाईन्छ, विहे हुदा बखत होस या धेरै दिन पछिको भेटघाट त्यो खुशिको पल पनि प्रेमको एउँटा स्वरुप हो । हामी कुनै पनि मानिसको घर जान्छौ या छिमेकी सँगको कुरा कानी र घरमा आउने जाने या पनि एक प्रकारको प्रेम हुन । 

 

         त्रेता युगमा श्री कृष्ण भगवानले पनि प्रेम गर्नु भयो र उहाँको प्रेम कथा एकदम लोकप्रिय छन् प्रेम गर्ने को कुनै सिमा छैनन् आज हैना हजारौ साल पहिलाका कुरा हुन् श्री कृष्ण भगवान बासुदेव नन्दन र माता श्री देवकी का कोखवाट जन्म लिएका थिए र उनको पालन पोसन नन्द गाउँमा यसोदा देवीले गरेका हुन् । माया, प्रेम भन्ने शब्दमा भगवान श्रीकृष्णलाई समेत जोडिन्छ उहाको प्रेम राधा, रुकमणि अरु धेरै गोपीया सँग भएका थिए । वहाँको प्रेम वृंदावन को ठाउँमा उगेर आइहाल्यो जुन मानिन्छ कि श्रीकृष्ण जी को दिल र ब्रहमाण्ड मा एकदम धन्य भूमि हो ।

 


      भगवान श्रीकृष्ण जमुनाको तटमा महारास लीला मनाउनु भयो र युुगो युगो सम्म विर्सन सक्तैन यो एउँटा अटुट भक्ती प्रेम को संगम थियो । त्यही भएर प्रेम शब्द मानिस देखी भगवान सम्म समेतलाई आफ्ना वसमा गरेका छन जुन जति बेला पनि कुनै मानिस माथि हुन सकिन्छ । प्रेम को सिमा, जात, धर्म, उचनिच केही पनि देखिदैन प्रेमको कुनै अन्तय पनि छैन यति लेख्दै म विदा चाहन्छु । 

Name : Amrit Kumar Ray (Bhatta)
Mo. +977 9851310955
Kathmandu. Nepal







Comments

Post a Comment

Thank you so much for comment

Popular posts from this blog

जय मिथिला ! जय मैथिली !

नेपालकाे शिक्षा क्षत्रका इतिहास ।