नेपालमा लकडाउन र काेराेना काे प्रभाव ।

नेपालमा लकडाउन र काेराेना काे प्रभाव 


नेपालमा नोभेल कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेका छन् आज ८३ दिन भइसकेका छन बन्दका कारण हरेक मानिसमा, व्यवसायी र सम्पूर्ण क्षेत्रमा असर पर्न गएका छन । लकडाउनका कारण लामा तथा छोटा दूरीका सार्वजनिक सवारी साधन चलेका छैनन भने सम्पूर्ण यातायात नै ठप्प परेका छन । शैक्षिक संंस्था लगायत नेपालका कल कारखाना, व्यवसाय, शिक्षा क्षेत्र सबै बन्द गरेका छन् । लकडाउनको तुलनामा बन्को प्रभाव बढी सहर क्षेत्रमा पर्न गएका छ । व्यवसाय ठप्प भएपछि एकदम मारमा परेका व्यवसायीहरुले वताउँछ ।

कोरोना महामारीमा विश्व नै आफ्नो गुडा टेकेका छन् भने हरेक देशमा आफ्नो स्वस्थ्य प्रयोगशालामा कोरोना रोगको औषधीका लागी स्वस्थ्यकर्मी र चिकित्सक खोजी गरिरहेका छन् । अहिले सम्म कोरोनाको औषधी नभए पनि खोजकर्ताहरु पछि सरेका छैनने ।

शिक्षालाई हेर्दा विद्यार्थी वर्गमा एकदम असरपर्ने गएका छन जुन विद्यार्थीहरु विद्यालय जानवाट एकदम वञ्चित भएका हुन । विद्यार्थीहरुलाई पठन पाठनमा समस्या र परिक्षा नजिक आउँदा पनि विद्यालय जान नपाएर एकदम गुनासो आइरहेका छन् तर यस्तो प्रस्थितिमा के गर्न सकिन्छ र जहाँ पुरा विश्व नै यो रोगको अगाडी आफ्नो गुडा टेकिसकेका छन् त्यसको अगाडी शिक्षा के नै छ ।

कोरोनाका कारण खुल्ने गरि जम्मा अहिले सम्म नेपाल १३ जना मृत्यु भए पनि अरु कारणले मर्ने मानिसको सख्या घेरै नै छ । यो लकडाउनमा विभिन्न वर्गका मानिसहरुमा समस्या परेका छन जुन सब भन्दा बढी मध्य वर्गका मानिसमा असर पर्न गएका छन् । ज्याला काम गरेर आफ्नो छाक टार्ने मानिस एकदम मारमा परेका हुन व्यवसाय ठप्प भएपछि ज्याला गरिखाने व्यक्ति र मध्य वर्गाका व्यक्ति जुन पसलमा काम गरेर आफ्नो जीवनको निर्वाह गरिरहेका थिए उनी जस्ता कति व्यक्ति छन जुन भोकै बस्न बाध्य। नेपाल सरकारले राहतको नाममा एक छाकको खान दिए पनि अर्को छाकको खाना टार्न एकदम गाह्रो भएका हुन ।

 नेपालको मुटु रोगका व्यक्तिका लागी सरकार अलि सहयोग पुर्याएका छन सङ्क्रमितलाई हृदयघात वा मुटुसम्बन्धी कुनै समस्या भएमा उपचार र सेवाका लागि केन्द्रले नियमित शल्यक्रिया र उपचारलाई असर नपर्ने गरी बेग्लै आइसोलेशन वार्डसमेत तयार गरेको छ ।

नेपाल अहिलेसम्मका चार हजार भन्दा माथि सङ्क्रमितमध्ये कसैलाई पनि मुटुरोगसम्बन्धी समस्या देखा परेको छैन । कुल दुई सय ५० शय्या रहेको यस विशिष्टीकृत अस्पतालले कोरोना रोकथामके लागि लकडाउनपछि मुल भवनको द्वार बन्द गराइ आकस्मिक कक्षतर्फको भवनको द्वारबाट मात्रै आवागमन गराएको छ । 

सेवाग्राहीले आकस्मिक कक्ष वा परीक्षणमा जानुअघि भाइरसको सम्भावित सङ्क्रमणको लक्षण भएरनभएको पहिचान अनिवार्य गराउनु पर्नेछ । द्वारबाट भित्र गएपछि होल्डिङ कक्ष मा उनीहरुको तापक्रम जाँच तथा खोकी वा घाँटीका समस्या भएका वा सङ्क्रमित धेरै भएका जिल्लाबाट आएका बिरामी भएमा अलग्गै आइसोलेशन वार्डमा राखेर उपचार गरिँदै आएको छ ।

यहाँ भर्ना गरिएका बिरामीलाई सङ्क्रमण देखिएमा मुटुको उपचारपछि कोरोना विशेष अस्पतालमा पठाइनेछ । लकडाउनको अवस्थामा कोरोना सङ्क्रमितले समेत मुटुसम्बन्धी समस्याबारे आवश्यक परामर्श र सहयोगका लागि केन्द्रको मोबाइल नम्बर ९८५१२३०६८२ मा सम्पर्क गरी विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारीका अनुसार लकडाउन अगाडि दैनिक ५५ जना गरी महिनामा एक हजार ६ सय जनासम्मले आकस्मिक कक्षमा सेवा लिएकोमा त्यसयता बिरामीको सङ्ख्या घटेको छ । केन्द्रमा गएको चैतमा एक हजार १९, वैशाखमा एक हजार दुई सय ४५ र यही जेठ २२ गतेसम्म पाँच सय १० जनाले आकस्मिक वार्डको सेवा लिएका छन् ।

बहिरङ्गतर्फ सामान्यतः दैनिक सात सयसम्म बिरामी आउने गरेकोमा लकडाउनको केही समय त्यो सेवा बन्द रहेको र गएको वैशाख १६ यता दैनिक २४ देखि एक सय ६६ जनासम्मले सेवा लिएका छन् । लकडाउनकै अवधिमा कुल ५० जनाको मुटुको शल्यक्रिया गरिएको छ भने ३१ जनाको ओपन हार्ट सर्जरी, दुई सय ३४ जनाको क्याथ ल्याबबाट कोरोनरी एन्जियोग्राफी, ७१ जनाको एन्जियोप्लास्टी, ६६ जनाको प्राइमरी एन्जियोप्लास्टी र ४७ जनालाई पेसमेकरमा राखिएको छ ।

केन्द्रका कार्डियोलोजी विभाग प्रमुख डाक्टर सुजीव राजभण्डारीका अनुसार त्यस  अवधिमा यहाँ उपचारमा आएकामध्ये दुई सय ४० जनाको आरडीटी जाँच गर्दा पाँच जनाको पोजेटिभ देखिएकोमा कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो भने मुटुको गतिमा समस्या भएर आएका एक जनालाई त्रिवि शिक्षण अस्पताल सिफारिस गरिएपछि कोरोना पोजेटिभ देखिएको थियो ।

यहाँ मुटुरोगीमध्ये ४२ जनामा पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएकोले सहजरुपमा सेवा प्रवाह भइरहेको छ । यहाँका कुनै बिरामीलाई कोरोना देखिएमा सबै सेवा बन्द हुने गरेर सिल नगरि त्यस्ता बिरामीलाई बेग्लै आइसोलेशनमा राखेर अन्य बिरामीलाई अर्को भवनमा नियमित उपचार गर्न सकिने गरी प्रबन्ध गरिएको छ ।

गएको पुस ९ गते कार्यकारी निर्देशकमा नियुक्त मुटुरोग विशेषज्ञ डा। अधिकारीले आगामी असार १ गतेदेखि बिरामी बढ्न सक्ने भएकोले समूहगत र अस्पतालको खुला ठाउँमा परीक्षणको लागि व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

यहाँ कार्यरत चिकित्सक र कर्मचारीलाई आवश्यक व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराइएको छ । अहिले यहाँ आकस्मिकका कुल ३४ शय्या छन् । नेपाल सरकारले तोके अनुसार  केन्द्रमा १५ वर्षमुनि र ७५ वर्षमाथिका मुटुरोगी तथा विपन्न बिरामीलाई निःशुल्क उपचार गरिन्छ ।

उमेर खुल्ने कागज र पालिकाको सिफारिसको आधारमा केन्द्रले थप छुट पनि दिन सक्नेछ । यहाँ मुटुको शल्यक्रिया, क्याथ प्रोसिडिएर, पिसमेकर, सीएजी, इपिएसआरएफए, डायग्नोस्टिक प्रोसिडिएर, बिरामी भर्नापछिको इन्जेक्सन आदि सेवा दिइँदै आएको छ । केन्द्रमा मुटुरोगी शिशुका लागि पनि अलग्गै कक्ष स्थापित छ । यहाँ अहिले सय चिकित्सक र तीन सय नर्सिङ स्टाफ कार्यरत छन् ।

सरकारले आउँदो आर्थिक वर्षको बजेटमा यस केन्द्रलगायत विभिन्न विशिष्टीकृत अस्पतालले पालिका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको सेवासहित स्याटेलाइट तथा अनुसेवा क्लिनिक सञ्चालन गर्न र विशेषज्ञ स्वास्थ्य सुविधा नपुगेका दुर्गम ठाउँका बिरामीका लागि भरपर्दो टेलिमेडिसिन सेवा प्रणाली सञ्चालनमा ल्याउन रकम विनियोजन गरेको छ ।

कोराना जस्तो महामारी रोग सँग लडन औषधी नभए पनि केही उपाइहरु छन् जुन यस प्रकारका छन् ।

१. लकडाउनको बेला घर भन्दा बाहिर नजाने काम परेको बेला समाजिक दूरी कायम गरी मात्र आफ्नो काम गर्ने ।

२्ं  समय समयमा आफ्नो हात साबुन पानीले मिचि मिचि हात धुुने ।

३्  सके सम्म बाहिरको सामान छुदा सेनिटाइजरको प्रयोग गर्ने ।

४. कुनै पनि व्यक्तिवाट दूरी कायम गरि मात्र कुरा गर्ने ।


लेखक– अमृत कुमार राय भटट्र

काठमाण्डाैं नेपाल


Comments

Popular posts from this blog

प्रेम एक शब्द ।

जय मिथिला ! जय मैथिली !

नेपालकाे शिक्षा क्षत्रका इतिहास ।