नेपालकाे शिक्षा क्षत्रका इतिहास ।

नेपालको शिक्षा क्षेत्रका ईतिहास

नेपालमा पनि कोरानाको निकै प्रभाव परिरहेका छ, अहिले का परीस्थिती हेर्दा यहाँका सब भन्दा बढी शिक्षामा असर परेका छन  । कोराना भाइरसका कारन शिक्षा मा मात्र नभई हरेक क्षेत्रमा एकदमै असर परिसकेका छन् । नियमित रुपमा विद्यालय संचालन हुन सकेका छैनन् विद्यार्थीहरु विद्यालय जानवाट एकदम बञ्चित भइसकेका छन् । देश, विदेश सबै ठाउँमा एक कोरोनाका कारण मानिसलाई दैनिकरुपमा गरिने हरेका काम गर्न सकिरहेका छैनन् ।। नेपालमा पनि कोरानाको निकै प्रभाव परिरहेका छ, अहिले का परीस्थिती हेर्दा यहाँका सब भन्दा बढी शिक्षामा असर परेका छन । अहिलेको जुन अवस्था छन त्यो अवस्थामा शिक्षा क्षेत्रलाई एकदम असर परिरहेका छन । नियमित रुपमा विद्यालय संचालन हुन सकेका छैनन् । 

 

नेपालमा अहिले नयाँ शैक्षिकसत्र शुरु हुँदैछ विद्यार्थीले जब राम्रो सँग पढे लेखेका छैनन् भने अगामी दिनमा के लेखन सक्छ भने कुरामा अलि ध्यान दिनु पर्ने हो । नेपलामा प्राइभेट विद्यालयका संचालकहरु आफ्नो विद्यार्थीका अभिभावक सँग अनलाईन कक्षाका नाममा शूल्क लिदै आइरहेका छन पाठ्यक्रमको अन्योलतासँगै भर्नामा चर्को शुल्कका कारण अभिभावकहरु आफूहरु चर्को मारमा परेको गुनासो बढिरहेको छ अहिले हेर्नुपर्दा नेपालमा कोरोना को कहर निकै जोडमा छन् ।। विद्यार्थीले अनलाईन भन्दा कक्षा कोठामा बसेर पढ्दा राम्रो सँग बुझने गर्दछ । यस्तै गर्दा मुलुकको शिक्षा प्रणाली कमजोर र गरिखाने हुन सकेको छैन । यसबीच, अब शिक्षा नीति कस्तो हुनुपर्छ रु भन्ने विषयमा सञ्चार केन्द्र नेपालले ‘नेपालको वर्तमान शिक्षा प्रणाली र आजको आवश्यक शिक्षा नीति’ । 

 

    नेपालको शिक्षा प्रणालीको बारेमा केही इतिहासहरु यस प्रकाका छन् र आशा गर्दै गइरहेका छु कि अगामी दिन मा शिक्षा प्रणाली एकदमै राम्रो होस ।  नेपालमा परम्परागत हिन्दु–वैदिक शिक्षाको लामो इतिहास छ। बौद्ध धर्म–दर्शनको प्रारम्भ भएपछि विहार, गुम्बा र बौद्ध शिक्षा केन्द्रहरूमा बौद्ध धर्मदर्शनमा आधारित शिक्षा र हिन्दु–वैदिक शिक्षाअन्तर्गत विशेषतः गुरुकुल प्रणालीका शिक्षा सीमित मात्रामा प्रचलित थिए ।

 

    नेपालको एकीकरण पूर्व र एकीकरणपछि पनि शिक्षालाई राज्यले आफ्नो दायित्वभित्र लिएको देखिँदैन । त्यस बेला धार्मिक सङ्घसंस्था, गुठी, व्यक्तिको दान, सरकारको अनुदान इत्यादिबाट शिक्षाका लागि खर्चको प्रबन्ध हुन्थ्यो।

    नेपालमा परम्परागत संस्कृत र बौद्ध शिक्षाको प्रचलन रही रहेको बेला वि।सं। १९१० मा दरबारस्कुलको स्थापनासँगै नेपालमा अङ्ग्रेजी शिक्षा प्रणालीको सुरुआत भएको थियो । नेपालमा उच्चशिक्षाको औपचारिक सुरुआत भने वि।सं १९७५ मा त्रिभुवन चन्द्र कलेज ९त्रिचन्द्र कलेज० को स्थापनाबाट भएको देखिन्छ । 

    नेपालमा वि।सं।२००७ साल भन्दा पहिले शिक्षाको पहुँच ज्यादै सीमित व्यक्ति तथा समुदायमा भएकाले आम जनसमुदाय शिक्षाको अवसरबाट वञ्चित रहेका थिए । यस तथ्यलाई वि।सं।२००७ सालको शैक्षिक तथ्याङ्कले पनि स्पष्ट पार्दछ । त्यसबेला नेपालको साक्षरता करिब २ प्रतिशत मात्र थियो भने प्रारम्भिक ९प्राथमिक० स्कुल÷पाठशालाहरू ३२१, माध्यमिक स्कुलहरू ११ र उच्च शिक्षाअन्तर्गत एउटा कलेज सञ्चालित थियो ९राष्ट्रिय शिक्षा आयोग,२०४९० । त्यसबेला एउटा संस्कृत विद्यालयमा औपचारिक रूपमा भए पनि संस्कृतमा उच्च शिक्षा प्रदान गरिएको देखिन्छ भने एउटा आयुर्वेद विद्यालयमा पनि उच्च तहको अध्यापनको व्यवस्था रहेको थियो ९शाही उच्च शिक्षा आयोग, २०४०० ।

 

    वि.स. २००७ को राजनीतिक परिवर्तनपछि राज्यले पनि शिक्षा विस्तारमा लगानी ग¥यो भने आमजनसमुदायहरू विद्यालयहरू खोल्ने र बालबालिकाहरूलाई शिक्षा दिने कार्यमा  सक्रिय रहेका थिए । त्यसबेला  शिक्षण संस्था र विद्यार्थि सङ्ख्यामा क्रमिकरुपमा वृद्धि भएको थियो।

   वि.स. २००७ सालपछि नेपालमा शिक्षाको विकासका लागि भएका केही प्रयासहरू निम्नअनुसार थिए  

वि.स. २०११ ९सन् १९५४० मा नेपाल राष्ट्रिय शिक्षा योजना आयोगद्वारा राष्ट्रिय शिक्षा प्रणालीको आधार तयार गरिएको थियो ।

वि.स. २०१८ ९सन् १९६१० मा सर्वाङ्गीण राष्ट्रिय शिक्षा समिति गठन गरी शिक्षालाई समयानुकूल परिवर्तन गर्ने प्रयास गरिएको थियो ।

वि.स. २०२८ ९सन् १९७१० मा राष्ट्रिय शिक्षा पद्धतिको योजना कार्यान्वयन गरी नयाँ शिक्षाको सुरुआत भयो ।

वि.स. २०३७ ९सन् १९८०० देखि हालसम्म विद्यालय र उच्च शिक्षामा पहुँचको विस्तार र गुणस्तर वृद्धि गर्न विभिन्न परियोजना तथा कार्यक्रमहरू सञ्चालन गरिएका छन् । यस अवधिमा सञ्चालित विभिन्न परियोजना तथा कार्यक्रमहरूमा ग्रामीण विकासका निम्ति शिक्षा परियोजना, प्राथमिक शिक्षा परियोजना, आधारभूत तथा प्राथमिक शिक्षा परियोजना प्रथम र दोस्रो, प्राथमिक शिक्षा विकास परियोजना, माध्यमिक शिक्षा विकास परियोजना, सबैका लागि शिक्षा कार्यक्रम, शिक्षक शिक्षा आयोजना, जनसङ्ख्या शिक्षा परियोजना, माध्यमिक शिक्षा सहयोग कार्यक्रम, सामुदायिक विद्यालय सहयोग कार्यक्रम, शिक्षाका लागि खाद्य कार्यक्रम, विद्यालय क्षेत्र सुधार योजना, उच्च शिक्षा परियोजना प्रथम र दोस्रो, रोजगारीका लागि सीप परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना प्रमुख रहेका छन् ।

वि.स. २०४६ पछि शिक्षामा सुधारका लागि सुझाव दिने गरी सरकारले गठन गरेको राष्ट्रिय शिक्षा आयोगले वि.स. २०४९ ९सन् १९९२० मा र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले वि।सं। २०५५ ९१९९९० मा प्रतिवेदन पेस गरेअनुसारका  सुझावहरूअनुरूप शिक्षामा सुधारका प्रयासहरू हुँदै आएका छन् ।

हाल विद्यालय क्षेत्र सुधार कार्यक्रम ९एसएसआरपी, सन् २००९–१६० मार्फत् विद्यालयको समग्र पक्षमा सुधार गर्ने प्रयास गरिएको छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरू तथा परियोजनाहरू सञ्चालन भएका छन् । उच्च शिक्षाको विस्तार र गुणस्तर अभिवृद्धिका लागि बहुविश्वविद्यालयको अवधारणा कार्यान्वयन भई हाल नौओटा विश्वविद्यालयहरू स्थापना भइसकेका छन् । उच्च शिक्षाको सुधारका लागि दोस्रो उच्च शिक्षा परियोजना पनि सञ्चालनमा रहेको छ ।

नेपालमा हाल बालविकास केन्द्र तथा पूर्व प्राथमिक विद्यालयहरू कुल ३३,४०४ रहेका छन् । तीमध्ये ८६।१ प्रतिशत समुदायमा र १३।९ प्रतिशत निजी स्तरमा सञ्चालित छन् । ती बालविकास केन्द्रहरूमा कुल १०,५६,४३० विद्यार्थीहरू अध्ययनरत छन् जसमध्ये ४८।१ प्रतिशत छात्रा रहेका छन् 

ड्ड कुल ३४,३६१ विद्यालयहरू सञ्चालनमा रहेका छन् । प्राथमिक तहमा सबैभन्दा बढी ३३,८८१ विद्यालयहरू सञ्चालित छन् जहाँ कुल ४७,८२,८८५ विद्यार्थीहरू ९छात्रा ५०।४ प्रतिशत० अध्ययनरत छन्  । आधारभूत र माध्यमिक तहमा क्रमशः ३६,०६६ र ७,९३८ विद्यालयहरू सञ्चालित छन् । आधारभूत तहमा ६५,९५,५६५ विद्यार्थीहरू ९छात्रा ५०।४० अध्ययनरत छन् भने माध्यमिक तह ९कक्षा ९ र १००मा ८,४८,५६९ विद्यार्थीहरू ९छात्रा ४९।७० अध्ययनरत छन् ।

प्राथमिक तहमा अहिले पनि विद्यालय जाने उमेरका करिब ४।९ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका छन् । कक्षा १ मा विद्यालय छाड्ने विद्यार्थीहरूको अनुपात ८।३ प्रतिशत रहेको छ भने कक्षा दोह¥याउने दर २१।३ प्रतिशत छ ९शिक्षा विभाग, २०११० । कक्षा १ मा भर्ना भएका विद्यार्थीहरू कक्षा ५ सम्म टिकिरहने दर ८२।८ रहेको छ । छात्राको टिकाउ दर ९८४।३ प्रतिशत० र छात्रको टिकाउ दर ९८१।७ प्रतिशत० रहेको छ । 

विद्यालय तह ९कक्षा १–१०० मा कुल २,५८,२३७ शिक्षक कार्यरत छन् । प्राथमिक तहमा १,७३,७१४ शिक्षक कार्यरत छन् जसमध्ये ४२।२ प्रतिशत महिला शिक्षक छन् । माध्यमिक तहमा ३५,६७५ ९महिला १७।६ प्रतिशत० कार्यरत छन् । हाल विद्यार्थी र शिक्षकको अनुपात प्राथमिक र माध्यमिक तहमा क्रमशः २७।५ र २३।८ रहेको छ । 

उच्च माध्यमिक तहका ३,३८३ विद्यालयहरू सञ्चालनमा छन् । जसमध्ये २,४९९ ओटा सामुदायिक, ५८९ ओटा निजी क्षेत्रबाट सञ्चालित छन् । निजी क्षेत्रबाटै थप १५९ ओटा कक्षा ११ र १२ मात्रै सञ्चालित संस्था छन् भने १३६ ओटा उच्च माध्यमिक कक्षाहरू क्याम्पसहरूमा सञ्चालित छन् । उच्च माध्यमिक तहमा कक्षा ११ र १२ मा गरी जम्मा ६,५५,४१५ विद्यार्थीहरू अध्ययनरत छन् जसमध्ये ४६।८ प्रतिशत छात्राहरू रहेका छन् ।  

१० उच्च शिक्षातर्फ ९ ओटा विश्वविद्यालय र अन्तर्गत ९० ओटा आङ्गिक र १०१२ ओटा सम्बन्धन प्राप्त क्याम्पसहरू गरी कुल ११०२ क्याम्पस रहेका छन् । कुल क्याम्पसमध्ये सबैभन्दा बढी ५२।४ प्रतिशत क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित छन् भने नयाँ खोलिएका तीनओटा विश्वविद्यालयहरू ९सुदुरपश्चिम, मध्य पश्चिम र कृषि तथा पशुविज्ञान विश्वविद्यालय०मा हालसम्म कुनै पनि शैक्षिक कार्यक्रम सुरु भएका छैनन् । हाल उच्च शिक्षामा कुल ४,१२,५४० विद्यार्थी अध्ययनरत छन् जसमध्ये ४१।६ प्रतिशत छात्राहरू रहेका छन् ९ग्न्ऋ, द्दण्ज्ञद्द० ।  विश्वविद्यालयअन्तर्गतका उच्च शिक्षण संस्थाबाहेक ३ ओटा प्रतिष्ठानअन्तर्गत तीन ओटा चिकित्साशस्त्रमा उच्च शिक्षा दिने संस्थाहरू पनि सञ्चालनमा रहेका छन् ।

११ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रमअन्तर्गत प्राविधिक एसएलसी SLC र  डिप्लोमा तहका आङ्गिक ७२ ९एनेक्स ४५ सहित० र सम्बन्धन प्राप्त ३४६ गरी जम्मा ४१८ ओटा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदायक संस्थाहरू रहेका छन् । ती तालिम प्रदायक संस्थाहरूमा कुल  २५,३१३ विद्यार्थीहरू भर्ना भएका छन् । हामी सबै नेपाली जनताको एउँटा राम्रो र शिक्षित भविष्यको चाहना हो ।  नेपालको शिक्षा व्यवस्था र शिक्षा विश्व श्रेणीको उच्च स्थानमा  होस भने कामना गर्दछु । 


Author : Amrit Kumar Ray Bhatta

Naikap, Kathmandu, Nepal

Mo. +977 9806401452



Comments

Popular posts from this blog

प्रेम एक शब्द ।

जय मिथिला ! जय मैथिली !